टिपरको ठक्करबाट एकजनाको मृत्यु

 साउन २६, २०७५ शनिबार १३:२:२५ | रासस

काठमाडौ – टिपरकाे ठक्करबाट एक जनाको ज्यान गएकाे छ ।

भक्तपुरको सल्लाघारीस्थित आकासे पुल नजिक गएराति बा ५ ख ५७७८ नं को टिपर पछाडि ल्याउने क्रममा पैदल हिँडिरहेका सप्तरी राजविराजका १९ वर्षीय देवेन्द्र सदायको ज्यान गएकाे हो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले टिपर पछाडि सार्दा टिपरको ठक्करबाट गम्भीर घाइते भएका सदायको उपचारका क्रममा राति १ बजे राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा मृत्यु भएको जानकारी दिनुभयो ।

ठक्कर दिने टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

2 Comments

  • सीके गदाल

    Aug. 12, 2018, 10:03 a.m.

    टिपर, माइक्रो बस र १५० सिसि भन्दा माथिका मोटर साइकलकस स्पीडलाई पूर्ण रुपमा नियन्त्रण गर्नु पर्दछ।यसका लागि कडाइ गर्नु पर्दछ।

  •  0 Reply
  • गोपाल भट्टराई

    Aug. 11, 2018, 1:35 p.m.

    टिप्परको अातङग कहिले सम्म होला? दिन दिनै मान्छे मरेको सुनिन्छ टिप्परका साहु नेताहरुका झोले भएको हुँदा र पुलिसका ठुला पोष्ट भएकाले टिप्पर साहु सँग लाखौ पैसा उठाएर खाँदा रहेछन र पो ड्राईभरलाई मान्छे अाएपनी हान हामी मिलाउछौ भन्दा रहेछन मैले प्रुफ नै भेटेथिए।

  •  0 Reply

तपाईको प्रतिक्रिया