सन्दीप लामिछानेको टोली सेन्ट किट्सको पहिलो जित, ट्रिनबागो नाइटराइडर्स ४२ रनले पराजित

 साउन २७, २०७५ आइतबार १०:६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

क्यारेवियन प्रिमियर लिग सीपीएलमा नेपाली युवा स्पिनर सन्दीप लामिछानेको टोली सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले पहिलो जित हासिल गरेको छ ।

आइतबार भएको खेलमा सेन्ट किट्सले ट्रिनबागो नाइट राइडर्सलाई ४२ रनले पराजित गरेको हो ।

 टस हारेर पहिले ब्याटिंग गरेको सेन्ट किट्सले निर्धारित ओभरमा ७ विकेट गुमाएर २०३ रनको योगफल बनाएको थियो । उसका लागि डेभोन थोमसले सर्बाधिक ५८ रन बनाए ।

त्यस्तै कप्तान तथा ओपनर क्रिश गोलले ३५ रन बनाउँदा दशौं नम्बरमा आएर कार्लोस ब्रेथवेइटेले १५ बलमा ४१ रन प्रहार गरे । जसमा १ चौका र ५ छक्का सामेल थियो । सेन्टस किट्सका लागि बेन कटिंगले पनि अविजित २५ रन बनाए ।

बलिंगतर्फ ट्रिनबागका अली खानले ३ विकेट लिए ।

२०४ रनको लक्ष्य पछ्याएको ट्रिनबागोले निर्धारित ओभरमा ८ विकेट गुमाएर १६१ रनमात्र बनाउन सक्यो र सेन्ट किट्सको ४२ रनको जित समभव भयो । उसका लागि कोलिन मुनरोले ३५, डरेन ब्राभोले ४१ र केभिन कुपरले अविजित ४२ रन बनाउनुबाहेक अन्यले गतिलो साथ दिन सकेनन् ।

बलिंगतर्फ नेपालका सन्दीप लामिछानेले १ विकेट लिए । चौथो ओभर बलिंग गरो सन्दीपले विकेट मेडन ओभर लिएका थिए । उनले ट्रिनबागोा ओपनर क्रिश लिनलाई बोल्ड गरेका थिए । आठौं ओभरमा उनले ३ रन मात्र खर्चिए ।

 तर, अन्तिम ओभरमा भने उनी केहि महंगो पर्न गए । जहाँ उनलाई केभिन कुपरले एक छक्का र एक चौका प्रहार गरे पनि कुपरके एउटा क्याच मिस भएको थियो । सन्दीपले ३ ओभरमा १७ रन खर्चिएर १ विकेट लिए ।

 सन्दीपका अलावा कार्लोस ब्रेथवेइटे, बेन कटिंग र जेरेमी लुइसले २–२विकेट लिए ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया