रणवीर र दीपिकाको बिहेको मिति तय : हुनेभो बलिउडकै महंगो विवाह

 साउन २९, २०७५ मंगलबार १५:२४:१९ | एजेन्सी
unn.prixa.net

अनुष्का–विराट तथा सोनम–आनन्दपछि बलिउडका टप कपल रणवीर सिंह तथा दीपिका पादुकोण बिहे गर्दैछन् । एक वर्षदेखि उनीहरुको विवाहको चर्चा हुँदै आएको छ । राम–लीलाका यी जोडीले अब विवाहको गर्ने ठाउँ पनि फाइनल गरिसकेका छन् ।

फिल्मफेयरको रिपोर्टका अनुसार अनुष्का र विराटले झैँ दीपिका र रणवीरले पनि इटालीमै बिहे गर्नेछन् । उनीहरुले इटालीको ‘लेक कोमो’ मा बिहे गर्ने पक्का गरेका छन् । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण ‘लेक कोमो’ इटालीको लोम्बार्डीमा पर्दछ । 

रणवीर र दीपिकाका आफन्तले जनाए अनुसार आउँदो नोभेम्बर २० उनीहरुको विवाह हुँदैछ । वैवाहिक समारोहमा रणवीर दीपिकाका नजिकका आफन्तको मात्रै सहभागिता रहनेछ । 

फिल्म इन्डस्ट्रीबाट विवाहमा कसैको पनि सहभागिता नरहने जनाइएको छ र अर्जुन कपूर रणवीरका नजिकका साथी भएकाले उनी भने सहभागी हुन सक्ने फिल्मफेयरले जनाएको छ ।

विवाहपछि दीपिका र रणवीरले मुम्बईमा पूरै बलिउड इन्डस्ट्रीका लागि रिसेप्सन पार्टी राख्नेछन् ।

रिपोर्टहरुका अनुसार विराट र अनुष्काको विवाहमा एक सय करोडभन्दा बढी खर्च भएको थियो । रणवीर र दीपिकाको विवाहमा त्योभन्दा बढी खर्च गरिने जनाइएको छ ।
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया