अमेरिकी डलर अहिलेसम्मकै महंगो

 साउन २९, २०७५ मंगलबार १७:९:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अमेरिकी डलर अहिलेसम्मकै महंगो भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि १ अमेरिकी डलरको बिक्री दर १ सय १२ रुपैयाँ २० पैसा तोकेको छ । जुन अहिलेसम्मकै महंगो हो । 

८ महिनाअघि १ जनवरीमा १ अमेरिकी डलरको भाउ १ सय रुपैयाँ ५६ पैसा मात्र थियो । भारतीय मुद्राको स्थिर विनिमय दर रहेका कारण भारु सस्तो हुँदा पनि नेपालमा डलरको भाउ बढ्ने गरेको छ । 

डलरको भाउ बढ्दा विदेशबाट ल्याउने सामान महंगो हुन जान्छ भने विदेश पढ्न जाने विद्यार्थीलाई पनि महंगो पर्न जान्छ । तर डलरको भाउ बढ्दा पर्यटन क्षेत्रको आयसँगै रेमिट्यान्स पनि बढ्ने गर्दा यो क्षेत्रमा भने फाइदा हुने गरेको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया