गौशाला नगरपालिकाले पचास प्रतिशत कर घटायो

 साउन २९, २०७५ मंगलबार २०:११:५२ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – महोत्तरीको गौशाला नगरपालिकाले स्थानीयस्तरमा लिइने कर घटाइएको छ ।

मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्दै गौशाला नगरपालिकाले दलित तथा विपन्न परिवारका लागि नगरपालिकाले लिने भनेको ३६ प्रकारका करमा २० रुपैयाँका दरले लिइने जनाएको छ ।

कार्यपालिकाको बैठकले आर्थिक वर्ष २०७५/०७६ का लागि प्रस्तुत गरेको करमा संशोधन गर्दै यस्तो निर्णय गरेको हो । तर अन्यको हकमा प्रति सिफारिस पुरानै दर एक सय रुपैयाँ कायम रहेको गौशाला नगरपालिकाले जनाएको छ ।

पत्रकार सम्मेलनका बीच गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले राजश्व पुनरालोकन समितिले पेश गरेएको प्रतिवेदन उपर छलफल गर्दै केही थप घटबढ गर्दै सर्वसम्मत रुपमा पारित गरेको जानकारी दिनुभयो ।

यता घरजग्गा मूल्यांकन करमा ५० प्रतिशत घटाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद चापागाईले बताउनुभएको छ । यसअघि प्रति लाखमा एक सय रुपैयाँ लागू भएको करलाई बैठकले छलफल गरी प्रति लाखमा ५० रुपैयाँ कर लिन प्रमुख प्रशासकीय अधिकृत चापागाईले बताउनुभयो ।

कर बढाइएको भन्दै महिना दिन अघिदेखि जारी रहेको आन्दोलनलाई मध्यनजर गर्दै वडा नम्बर –९ का वडाअध्यक्ष महेश सिंहको अध्यक्षतामा गठित राजस्व पूर्वालोकन समितिले एक महिना लगाएर प्रतिवेदन पेश गरेको थियो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया