‘मणिकर्णिका : द क्वीन अफ झाँसी’ मा कंगनाको यस्तो रुप

 साउन ३०, २०७५ बुधबार १२:१४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउडमा क्वीनको रुपमा परिचित अभिनेत्री कंगना रनावतको फिल्म ‘मणिकर्णिका : द क्वीन अफ झाँसी’ को पहिलो पोस्टर सार्वजनिक भएको छ । फिल्ममा कंगानाको पहिलो लुक निकै नै शानदान रहेको छ । यो फिल्म झाँसीकी रानी लक्ष्मी बाईको जीवनमा आधारीत रहेको छ । फिल्ममा अभिनेत्री कंगाना रनावतको मूख्य भूमिका रहेको छ । उनी यस फिल्ममा रानी लक्ष्मीबाई अवतारमा दुश्मनका साथ लडाई गर्नेछिन् । 

यस फिल्ममा कंगनाका अलावा अतुल कलकर्णी तात्याको भूमिकामा, सोनू सूद सदासिव र अंकिता लोखण्डे झलकारी बाईको भूमिकामा देखिनेछन् । 

यस फिल्मको पहिलो पोष्टर यस फिल्मका निर्देशक कृषले ट्वीटर मार्फत सार्वजनिक गरेका छन् । 


फिल्म ‘मणिकर्णिकाः द क्वीन अफ झाँसी’ जनवरी २५, २०१९ मा प्रदर्शन हुनेछ । रानी लक्ष्मीबाईको जीवनीमा बन्न लागेको यस फिल्मको छायाकंनको क्रममा इतिहासको कहानीलाई फिल्ममा मनमानी ढंगले देखाइन लागिएको भन्ने आरोप लगाइएको थियो । सो समयमा विवादका कारण केही दिन सम्म फिल्ममो छायाकंन समेत रोकिएको थियो । 

केही समय अगाडि छायाकंनको क्रममा खिचिएका तस्विरहरु सार्वजनिक भएका थिए । तस्विरमा रानी लक्ष्मीबाईको अवतारमा कंगनाको लुकको सराहना गरिएको थियो । कंगना यस किसिमको भूमिकामा पहिलो पटक देखिदैछिन् । कंगना स्वयमले यस फिल्मले सजिलै दर्शकको मन जित्न सफल हुने समेत बताएकी छिन् ।  
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया