राहुल गान्धी भन्छन् : मेरो विवाह भैसक्यो

 साउन ३०, २०७५ बुधबार १४:४७:३९ | एजेन्सी
unn.prixa.net

भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो विवाह भैसकेको बताएका छन् ।

दुई दिने भ्रमणमा हैदराबाद पुगेका गान्धीलाई पत्रकार सम्मलेनमा पत्रकारहरुले विवाहका बारेमा प्रश्न सोधेका थिए । जवाफमा गान्धीले मुस्कुराउँदै आफूले कांग्रेससँगै विवाह गरेको बताए । 

साथै २०१९ मा नरेन्द्र मोदी दोस्रो पटक प्रधानमन्त्री नबन्ने पनि उनले बताए । सन् २०१९ मा भारतीय जनता पार्टी(बीजेपी) ले २३० सिट पनि नजित्ने गान्धीले दावी गरे । यस्तो अवस्थामा मोदी प्रधानमन्त्री बन्ने भन्ने सवाल नै नउठ्ने पनि गान्धीले बताए ।

अाउँदाे वर्ष हुने लाेकसभाकाे चुनावमा विपक्षी गठबन्धनबाट राहुल गान्धी प्रधानमन्त्रीकाे उम्मेदवार बन्ने सम्भावना रहेकाे छ भने सत्तारुढ गठबन्धनबाट भने प्रधानमन्त्री नरेन्द्र माेदी नै उम्मेदवार बन्ने निश्चितप्राय छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया