भारतको स्वतन्त्रता दिवसमा सलमानले ल्याए ‘भारत’ को टिजर

 साउन ३०, २०७५ बुधबार १४:५६:० | एजेन्सी
unn.prixa.net

सलमान खानको फिल्म ‘भारत’ को टिजर सार्वजनिक भएको छ । भारतको स्वतन्त्रता दिवसको अवसर पारेर बुधबार फिल्मका मुख्य अभिनेता एवम् निर्माता सलमान खानले फिल्म भारतको ४९ सेकेन्डको टिजर सार्वजनिक गरेका हुन् । 

२०१९ को इदमा रिलिज हुने फिल्म भारतमा सलमानका अलावा कट्रिना कैफ,दिशा पटानी, तब्बु, सुनिल ग्रोबर र आसिफ शेख मुख्य भूमिकामा रहेका छन । फिल्ममा कट्रिना कैफको ठाँउमा सुरुमा प्रियंका चोपडा अनुबन्धित थिइने तर शुटिङ्ग सुुरु हुनुभन्दा केही समयअघि व्यक्तिगत कारण देखाउदै प्रियंका फिल्मबाट बाहिरिएपछि उनको ठाँउमा कट्रिना केफलाई राखिएको हो । 

फिल्मको टिजर अनुसार फिल्ममा एउटा मानिस र एउटा देशको ७० वर्षको यात्रालाई देखाइएको छ । टिजरमा सलमान या कुनै कलाकारको लुक्स सार्वजनिक गरिएको छैन बरु सलमानको आवाजको सानो मोनोलग राखिएको छ ।

 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया