शेयर बजार २९ अंकले बढ्यो, कारोबार रकम पनि दोब्बर वृद्धि

 साउन ३०, २०७५ बुधबार १६:५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, साउन ३० – शेयरबजार परिसूचक नेप्से आज एकै दिन २९ अंकले बढेको छ । पछिल्ला दिन घटिरहेको नेप्से यसअघि हिजो ६ र अस्ति १० अंकले बढेको थियो ।

आज कारोबार भएका मध्ये सबैजसो कम्पनीको शेयरको भाउ बढेपछि नेप्से २८ दशमलव ७३ अंकले बढेर १२ सय ९ दशमलव ७१ अंकमा पुगेको छ । सबै उप समूहको परिसूचक बढेको दिन आज १ सय ६५ वटा कम्पनीको शेयर कारोबार भएकामा ११ वटा कम्पनीको मात्र शेयरको भाउ घटेको छ ।

नेप्सेमा सूचिकृत सबैजसो कम्पनीले गत आर्थिक वर्षमा राम्रो आम्दानी गरेको वित्तीय विवरण सार्वजनिक गरेको कारणले शेयर बजार बढेको हो । नेप्सेसँगै आज कारोबार रकम पनि झण्डै दोब्बर बढेको छ ।

आज ३६ करोड रुपैयाँ बराबरका १० लाख ६८ हजार कित्ता शेयर किनवेच भएका छन् । आज स्वरोजगार लघु वित्तको शेयर मुल्य १० प्रतिशत बढेको छ । यस्तै हिमालयन डिस्टिलरी लिमिटेड तारा गाउँ रिजेन्सी होटलको शेयर मुल्य पनि साढे ७ प्रतिशत बढेको छ ।  

नेप्से बढे पनि आज ओमी माइक्रोफाइनान्सका शेयरधनीले १० प्रतिशत गुमाएका छन् । ओमीले आज गत वर्षको आम्दानीबाट आफ्ना शेयर धनीर्लाइ २५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो । तर लगानीकर्ताले नगद लाभांश नरुचाएका कारण उसको शेयर आज १० प्रतिशत घटेको हो ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया