सीपीएलमा पनि सन्दीपकाे जादु कायमै, एकै अाेभरमा लिए २ विकेट

 साउन ३१, २०७५ बिहिबार ७:०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली युवा बलर सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग क्रिकेटको तेस्रो खेलमा सन्दीपले जमाइका विरुद्धको खेलमा दुई विकेट लिएका छन् ।

पहिलो ओभरमा १० रन खर्चिएका सन्दीपले दोस्रो ओभरमा आठ रन दिँदै दुई विकेट हात पारे । उनले आफनो दोस्रो ओभरको दोस्रो बलमा लुइसलाई सिकार बनाए भने चौथो बलमा म्याकार्थेलाई आउट गरे । 

यो प्रतियोगितामा सन्दीपले ३ खेलमा ५० रन खर्चिदै ५ विकेट हात पारी सकेका छन् । जारी सीपीएलमा कम रन दिएर विकेट लिने दोस्रो खेलाडी बनेका सन्दीपले जमाइका विरुद्ध चार ओभरमा २१ रन खर्चिएर दुई विकेट हात पारे ।

जमाइकाको पहिलो विकेटको साझेदारीलाई तोड्दै सन्दीपले किनर लुइसलाई ४९ रनमा आउट गरे ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया