नेपाल ई–स्पोर्टस् च्याम्पियनसिप २०१८ शुरु हुँदै

 साउन ३१, २०७५ शुक्रबार ५:३२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - नेपाल ईस्पोर्टस् संघ (नेसा) ले एनसेल प्राईभेट लिमिटेडसँगको सहकार्यमा भदौ १ र २ गते नेपालमा पहिलो पटक नेपाल ई–स्पोर्टस् च्याम्पियनसिप २०१८ को आयोजना गर्दैछ । देशमा रहेका ईस्पोर्टस् खेलाडीहरुलाई आफ्नो कौशल प्रदर्शन गर्दै राष्ट्रिय उपाधि तथा विश्वमा हुने विभिन्न  ईस्पोर्टस् प्रतिस्पर्धाहरुमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्नु यस च्याम्पियनसिपको उद्देश्य रहेको छ । कार्यक्रम प्रदर्शनीमार्ग, भृकुटीमण्डपमा हुनेछ ।

नेसा नेपालमा ईस्पोर्टस्को प्रवर्धन गर्दै यसलाई मुलधारको खेलको रुपमा विकास गर्ने उदेश्य लिई स्थापना भएको गैरनाफामुलक संस्था हो । यो नेपाल ओलम्पिक कमिटी र अन्तर्राष्ट्रिय ई–स्पोर्टस् महासंघसँग आवद्ध छ । साथै एसियन ई–स्पोर्टस् महासंघसँग पनि सम्बद्ध छ र वल्र्ड साइबर एरिना (डब्लुसिए) को पनि पूर्ण सदस्य रहेको छ ।

नेपाल ई–स्पोर्टस् च्याम्पियनसिपमा यस वर्ष दुई विषेश भिडियो गेमहरु ‘डोटा टु’ र ‘काउन्टर स्ट्राइकःग्लोबल अफेन्सिभ (सिएसःजिओ)’ समावेश गरिएका छन् । डोटा टु दुई भन्दा बढि सहभागीहरुले अनलाइन खेल्न सक्ने भिडियो गेम हो । त्यसैगरी काउन्टर स्ट्राइकः ग्लोबल अफेन्सिभ एक मल्टिप्लेयर फष्ट पर्सन सुटर भिडियो गेम हो । प्रत्येक गेममा ८ समुहले प्रतिस्पर्धा गर्र्देछन् र प्रत्येक गेमका विजयी समुहले पुरस्कार स्वरुपरु एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । साथै विजयी समुहले अन्तर्राष्ट्रिय ई–स्पोर्टस् प्रतिस्पर्धाहरुमा सहभागी हुने मौका पनि पाउनेछन् ।   

ई–स्पोर्टस् प्रेमीहरुले नेपाल ई–स्पोर्टस् च्याम्पियनसिपको लाईभ स्ट्रिमिङ्बाट पनि मजा लिन सक्नेछन् । विश्वका विकासशील बजारहरुमा अग्रणी मनोरञ्जन सेवाप्रदायक आइफिल्क्सले भदौ १ र २ गते यो च्याम्पियनसिपको लाईभ स्ट्रिमिङ् गर्नेछ । देश भित्र र बाहिर हुने विविध मुख्य कार्यक्रमहरु लाईभ स्ट्रिमिङ् गर्ने कार्यमा आइफिल्क्स सधै अग्रणी रहँदै आएको छ । 

भल्भकर्पोरेसनले विकास गरी प्रकाशन गरेको डोटा टु पाँच–पाँचजना सदस्य रहने दुई समूहबीच प्रतिस्पर्धा गरिने भिडियो गेम हो । प्रतिस्पर्धी समुहले नक्सामा आ–आफ्ना आधारको रक्षा गर्न र अर्काको आधारमा कब्जा जमाउन पहल गर्छन । समुहका प्रत्येक खेलाडीले स्वतन्त्ररुपमा एक शक्तिशाली चरित्र ‘हिरो’ को नियन्त्रण गर्दै प्रतिस्पर्धा गर्दछन् । यस्ता ‘हिरो’ का आफ्नै अद्वितीय क्षमता तथा खेल खेल्ने शैली हुन्छन् । प्रतिस्पर्धाका क्रममा सहभागी खेलाडीहरुले एक्सपिरियन्स प्वाइन्टस् र आइटमहरु जम्मा गर्दै जान्छन् र प्रतिद्वन्द्वी समुहका हिरोहरुसँग सफलतापूर्वक लड्न सक्ने हुन्छन् । दुई प्रतिस्पर्धी समुहहरु मध्ये जुन समुहले आफ्नो प्रतिद्वन्द्वी समुहको आधारमा रहेको ‘एन्सियन्ट’ भनेर चिनिने ठूलो संरचना भत्काउछ त्यो समुह विजयी घोषणा हुन्छ ।     

त्यसैगरी हिडन पाथ इन्टरटेनमेन्ट र भल्भकर्पोरेसनले  विकास गरेको काउन्टर स्ट्राइकःग्लोबल अफेन्सिभ एक अर्को मल्टिप्लेयर भिडियो गेम हो । यसमा दुई समुहहरुले टेररिस्ट र काउन्टर टेररिस्ट समुहको रुपमा प्रतिस्पर्धा गर्दछन् । खेलमा  एक समुहले अर्को समुहलाई निर्मुल पार्न प्रतिस्पर्धा गर्छन्। साथै उनीहरुले विभिन्न कार्यहरु पनि सम्पन्न गर्नुपर्ने हुन्छ । यो खेल विभिन्न८ वटा तरीकामा खेल्न सकिन्छ र प्रत्येक तरीकामाआ–आफ्नै विशेषताहरु रहेका हुन्छन् ।   

“देशमापहिलो पटक नेपाल ई–स्पोर्टस् च्याम्पियनसिपआयोजनाहुन लागेकोमा हामीखुसी छौं । यसच्याम्पियनसिपले ई–गेमर्सलाई आफ्नो नियमित सर्कलबाट बाहिर आई राष्ट्रिय प्रतिस्पर्धामा भाग लिई विश्वमा हुने विभिन्न ई–स्पोर्टस् टुर्नामेन्टहरुमा नेपालको प्रतिनिधित्वगर्ने अवसर प्रदान गर्नेछ । च्याम्पियनसिपको आयोजनलाई संभव बनाउन उदार सहयोग प्रदान गरेकोमा हामी एनसेलप्रति आभारी छौं,” नेसाकाअध्यक्ष सुरज डंगोलले भने । 

‘‘नेपालका गेमर्सलाई आफ्नो कौशल प्रदर्शनमा सुअवसर प्रदान गर्ने यो पहिलो राष्ट्रिय स्तरको ई–स्पोर्ट स्प्रतिस्पर्धा आयोजनका लागि नेसासँग सहकार्य गर्न पाएकोमा हामी हर्षित छौं । विश्वव्यापी रुपमा लोकप्रिय भईरहेकोे ई–स्पोर्टस्लाई आत्मसाथ गर्दै नेपालमा अझै यस्ता कार्यक्रम धेरै भएको हामी हेर्न चाहन्छौं,’’ एनसेलका प्रमुख कमर्सियल अधिकृत एन्डी चोङ्ले भने । 

यस च्याम्पियनसिपको व्यवस्थापन अडिया सर्भिसेज प्राईभेट लिमिटेडले गर्दैछ । कार्यक्रममाप्रवेश शुल्क रु १५० रहेको छ ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया