नोटमा केरमेट गरे जेल

 भदौ १, २०७५ शुक्रबार ७:२४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब कैद सजाय हुने भएको छ । शुक्रबारदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिताको परिच्छेद २२ मुद्रा सम्बन्धी कसूर अन्तर्गत दफा २६३ ले बैंक नोटमा लेख्न वा कोर्न नहुने उल्लेख छ । यस्तो गरेको भेटिएमा कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुने ऐनले व्यवस्था गरेको छ ।
  
बजारमा अहिले पहेँलो धातुबाट बनेको १ रुपैयाँ सिक्का पैसालाई गालेर औँलामा लगाउने औँठी तथा यस्तै सृङ्गारका सामाग्री बनाउने प्रचलन बढेको छ । तर अब आउन लागेको संहिताले यस्तो कार्य गर्नेलाई कारबाही गर्ने भएको छ ।

मुद्राको तौल घटाउन वा रुप वदल्नेलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना गरिने ऐनले व्यवस्था गरेको छ ।

ऐनको दफा २ सय ६१ मा भनिएको छ, ‘जानीजानी कसैले धातुबाट बनेको मुद्राको तौल घटाउन वा धातुको अंश फरक पार्न वा एक किसिमको मुद्रालाई अर्को किसिमको मुद्रा हो भन्ने भान पार्ने गरी निकासी वा पैठारी गर्नु हुँदैन भनिएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया