सार्वजनिक रुपमा पशु वध गर्न नपाइने, पशुपंक्षीलाई निर्दयी व्यवहार गरे कारबाही

 भदौ १, २०७५ शुक्रबार ९:२१:४ | उज्यालो सहकर्मी

काठमाडौं - पशपंक्षीलाई निर्दयी व्यवहार गर्नेलाई तीन महिनासम्म कैद हुने भएको छ । त्यति मात्रै होइन, पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय गरिने मुलुकी अपराध संहितामा उल्लेख छ ।

संहिता ऐनको भाग २ को परिच्छेद २७ अर्थात अन्तिम परिच्छेदको दफा २ सय ९० मा यस्तो व्यवस्था उल्लेख छ ।

कुनै पशुपंक्षीलाई कुटी, हिर्काई वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाउन नहुने उल्लेख छ । यस्तै आफूले पालेको पशुपंक्षी रोगी वा वृद्ध भएका कारणले सार्वजनिक रुपमा छाड्न तथा अन्य कुनै किसिमबाट पनि निर्दयी वा क्रुर व्यवहार गर्न नपाइने ऐनमा लेखिएको छ ।
   
यस्तै ऐनमा सार्वजानिक स्थलमा समेत जथाभावी पशु वा पंक्षी मार्न नहुने र यस्तो कार्य गरेको भेटिएमा एक महिनासम्म कैद वा पाँच हजार रुपैयाँ जरिवाना तथा दुबै सजाय हुनसक्ने व्यवस्था छ । तर परम्परादेखि बली दिँदै आएको धार्मिक स्थल, पशु वा पंक्षीको बध गर्न चली आएको मेला, जात्रा, हाट जस्ता ठाउँमा भने बाधा नपर्ने ऐनमा उल्लेख छ । 

यस्तै गाई गोरु मार्ने अपराध गरेकोमा भने सजाय घटाइएको छ । पहिलो यो अपराध गरेकालाई पाँच वर्ष कैद हुँदै आएकोमा अहिले घटाएर ३ वर्ष राखिएको छ ।

यस्तै कसैले गाई वा गोरुलाई कुटेर अङ्गभङ्ग पारेमा निजलाई छ महिनासम्म कैद र अन्य चोट पु¥याएमा पचास हजार रुपैयाँँसम्म जरिबाना गरिने पनि उल्लेख छ ।

यस्तै कुखुरा, हाँस तथा विभिन्न पशुपंक्षीलाई साइकल मोटरसाइकल जस्ता साधनमा झुण्ड्याएर निर्दयीपूर्वक एक ठाउँबाट अर्को ठाउँ लैजाने कार्य पनि अपराध रहेको ठान्दै यस्तो कार्यमा संलग्नलाई पनि तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने उल्लेख छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

4 Comments

  • Hare krishna

    Aug. 19, 2018, 6:09 p.m.

    कर उठाएर गाडी किन्ने, स्कूटर मा चालक राखेर तलब दीनेलाई के गर्ने ? जवाफ छ?

  •  0 Reply
  • Bharat bist tikapur kailali

    Aug. 17, 2018, 10:43 a.m.

    कार्यान्वयन गर्ने कस्ले?उजुरी दिने कस्ले र कहाँ भन्ने जस्ता सावाल बाकी जस्तो लाग्यो

  •  0 Reply
  • झल ब थापा हाल कतार

    Aug. 17, 2018, 10:01 a.m.

    देशलाई अस्तब्यस्थ बनाउने र देशका गरिब जनताको दैनिकिमा असर पर्ने गरि कर बढाउने त्यही करको मोजमस्ती गर्दै रमाउने अनि देश समृद्धिको नाममा सरकारी ढुकुटी तहसनहस बनाउनेलाइ के गर्ने ?

  •  0 Reply
  • झल ब थापा हाल कतार

    Aug. 17, 2018, 10 a.m.

    देशलाई अस्तब्यस्थ बनाउने र देशका गरिब जनताको दैनिकिमा असर पर्ने गरि कर बढाउने त्यही करको मोजमस्ती गर्दै रमाउने अनि देश समृद्धिको नाममा सरकारी ढुकुटी तहसनहस बनाउनेलाइ के गर्ने ?

  •  0 Reply

तपाईको प्रतिक्रिया