सामसङ ग्यालेक्सी नोट– ९ को प्रि–बुकिङ खुला, यस्तो छ अफर

 भदौ १, २०७५ शुक्रबार ११:४५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं –  सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी नोट– ९ स्मार्ट फोनको लागि प्रि– बुकिङ खुला गरेको छ । यो नोट श्रृंखला अन्यन्तै नवीनतम र अत्याधुनिक प्रविधिमा आधारित रहेको सामसङले जनाएको छ । अगष्ट ९ मा यो श्रृंखलाको नोट न्यूयोर्कबाट संसारभरका लागि सुरु गरिएको हो ।

यो अत्यन्तै प्रिमियम स्मार्टफोन हो । जसमा ४ हजार एमएएच ब्याट्री रहेको छ जसले अन्तिमसम्म पनि काम गर्ने गर्दछ । यस किसिमको ब्याट्री अहिलेसम्मकै नयाँ र ठूलो हो । यसमा नयाँ एस पेन  कनेक्टीभिटी रहेको छ जुन प्रविधि स्मार्ट फोनमा पहिलो पटक प्रयोग भएको हो । अहिले सम्मकै सबैभन्दा उत्कृष्ट क्यामराको व्यवस्था समेत यसमा रहेको छ । 

ग्यालेक्सी नोट– ९ मा आन्तरिक रुपमा स्टोरेजका दुईवटा विकल्पहरु रहेका छन्, पहिलो १ सय २८ जीवीबाट रोज्न सकिन्छ, दोस्रो ५ सय १२ जीवीबाट । यसमा माइक्रो एसडी कार्ड पनि राख्न सकिन्छ । 

यो फोनमा १० एनएमको अत्याधुनिक प्रोसेसर र नेर्टवर्कलाई फास्ट बनाउने सपोर्ट रहेको हुन्छ जसले गर्दा विना कुनै झञ्जट डाउनलोड गर्न सकिन्छ ।

यसमा वाटर कार्वन कुलिङ प्रणाली तथा अन्यप्रविधिहरु पनि रहेका छन् । एस पेन यसको सिग्नेचर विशेषता हो । 

अहिलेसम्म कुनै पनि नोटमा नभएको ठूलो एज टु एड डिस्प्ले यो स्मार्ट फोनमा रहेको छ । ६.४ इन्चको सुपर अमोल्ड इन्फिनिटी डिस्प्लेले वास्तवमा नै तपाइँलाई मल्टीमिडियाको अनुभव दिलाउँछ । 

यस्ताे छ प्रि बुक अफर

प्रि बुकको अफर विभिन्न एक्साइटिङ डिलहरुसँग प्याकगरिएको छ । ग्यालेक्सी नोटका प्रशंसक र अन्य उपभोक्ताहरुलाई यसको अपनत्वको अवसर प्रदान गरिएको छ । यो ठेगानामा गएर प्रि वुकिङ गर्न सकिन्छ :www.note9prebooking.com

ग्यालेक्सी विशेषत तीन फरक रंगमा पाइने छ– मिडनाइट कालो, ओसल व्लु र मेटालिक कोपर रु  १,०९,९०० मा उपलब्ध हुने छ । यो फोन सबै सामसुङका ब्राण्ड पसल र खुद्रापसलमा प्राप्त गर्न सकिन्छ । 

प्रि बुकिङको समयमा प्रयोगकर्तालाई एउटा एचडीएमआई एडप्टर र एउटा छालाको कभर अथवा १० हजार अतिरिक्त र एचडिएमआई एडप्टर र एउटा २४ सामसुङ करर्भ मोनिटर प्रदान गरिने छ । प्रयोगकर्ताले अन्य धेरै फाइदा र गिफ्टहरु प्राप्तगर्ने छन् जुन निम्न प्रकारका छन्  :

  •     १८०० एमवी प्रमोसनल एनसेलको डाटा
  •     शिखर इन्स्योरेन्सबाट एक वर्षको टुटफुट सम्बन्धी विमाको व्यवस्था

यतिमात्र होइन पहिला नै बुकिङ गर्नेहरुको बीचमा लक्की ड्र गरिने छ । पहिलो हुनेलाई टर्किश एयरलाइन्सको आउने र जाने टिकट आफूले चाहेको गन्तव्यको प्राप्त गर्ने छन् भने रनर अपले हिमालय फ्रन्ट रिसोर्ट अथवा वाटर फ्रन्ट रिसोर्टमा दुई दिन बस्ने पाउने छन् ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया