के बलिउडले सलमान, शाहरुख र आमिरको विकल्प पाएकै हो त ?

 भदौ १, २०७५ शुक्रबार १६:३२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

सलमान,शाहरुख र आमिरले बलिउडमा आफ्नो करियरको झण्डै तीन दशक बिताइसके र पनि उनीहरुको फिल्मको जस्तो दर्शकहरुमा क्रेज र बक्स अफिस कलेक्सन अहिलेसम्म अरु कुनै बलिउड कलाकारको छैन । 

बलिउडमा आफ्नो करियरको लामो पारी खेलिरहेका यी तीन कलाकारहरुका फिल्महरुले विभिन्न समयमा अनेक रेर्कडहरु कायम गरेका छन् । साथै यिनले पर्दामा निर्वाह गरेका चरित्र र तिनका रोचक संवादहरु अहिलेको पुस्तामासमेत उत्तिकै लोकप्रिय छन् । 

यद्यपि, उमेरले ५० कटिसकेका यी तिनै खानहरुको प्रतिस्थापन कुन बलिउड एक्टरले गर्ने छ भनेर विभिन्न काल खण्डमा विभिन्न अनुमानहरु गरिएता पनि ति सबै अनुमानहरुलाई समयले गलत साबित गरिदियो र अझै बलिउड फिल्म उद्योगमा यिनीहरुकै बोलवाला छ । 
एक समय विवेक ओवेरोय र शाहिद कपूरको बलिउडमा प्रवेश हुँदा यि दुई कलाकारले शाहरुख खानको स्टारडम खोस्न सक्ने अनुमान गरिएको थियो । 
विवेकको ‘साथिया’ र शाहिदको ‘ईश्क विश्क’ दुवै सुपरहिट भएका थिए ।

फिल्म रिलिज पश्चात फिल्ममा उनीहरुको रोमान्टिक रोलका कारण कतै शाहरुखको ‘किङ्ग अफ रोमान्स’ को टाईटल ओझेलमा पर्ने त हैन भन्ने कतिपय लाई लागेको थियो । तर त्यसो भएन, बरु शाहरुखका फिल्महरुले बक्स अफिसमा राम्रो गर्दै गए र उनले आफ्नो स्टारडमलाई अहिले सम्म कायम राखेका छन् । 

अहिले आएर भारतीय सिनेमा उद्योगमा यि तीन खानको प्रतिस्थापन गर्न र खानहरुको स्टारडमको विरासतलाई आफ्नो काँधमा राखी हिन्दी सिनेमालाई थप केही दशक डोर्‍याउन नयाँ पुस्ता तयार भैसकेको हल्ला चल्न थालेको छ ।

कतिपय फिल्म विश्लेषकहरु त बलिउडमा तीन खानको विकल्पका रुपमा निर्माता निर्देशकहरुले नयाँ पुस्ताका कलाकारहरु पाईसकेको घोषणा समेत गरेका छन् ।

खास गरी पछिल्लो समय वरुण धवन, रणवीर कपूर र रणवीर सिंहलाई बलिउडमा क्रमशः सलमान, आमिर र शाहरुखको विकल्पको रुपमा हेर्न थालिएको छ ।

१. वरुण धवन

 

वरुण धवनले बलिउडमा डेब्यु गरेदेखि अहिलेसम्म उनको कुनै पनि फिल्म फ्लप भएको छैन ।

उनको पछिल्लो रिलिज ‘अक्टोबर’ ले औसत व्यापार गरे पनि उनको अभिनयको सर्वत्र तारिफ भएको थियो । 

उनको हालसम्मको फिल्मोग्राफीलाई हेर्ने हो भने फिल्म चयन देखि उनको हाउभाउ, जिउडाल, नृत्य लगायत धेरै कुरा सलमानसँग मिल्छ भन्ने गरिन्छ । 

त्यसैले त एक अन्तरवार्तामा गोविन्दाले जीउडाल र हाउभाउ सलमानको जस्तो भएका वरुणको अभिनय मेरो नक्कल गर्दछन भनेर टिप्पणी समेत गरेका थिए । 
वरुणका आगामी फिल्महरुले पनि राम्रो व्यापार गर्ने अनुमान धेरैले गरेका छन् । उनका रिलिजको क्रममा रहेका फिल्महरु सुई धागा,कलंक र रणभूमि रहेका छन् ।

२. रणवीर कपूर 

त्यस्तै रणवीर कपूरको ‘संजू’ हिट भऐसँगै भारतमा कतिपय विश्लेषकहरुले उनलाई आमिरको जस्तो पर्पmेक्सन भएको कलाकारका रुपमा हेर्न थालिएको बताएका छन् । 

साथै रणवीरले भविष्यमा बलिउडका आमिरको ठाँउ लिनेछन समेत भन्न थालिएको छ । 

हुन पनि रणवीरले आफ्नो अहिलेसम्मको छोटो करियरमा थुप्रै प्रयोगहरु गर्नसमेत भ्याएका छन् । चाहे त्यो ‘बर्फि’को चरित्र होस्, चाहे ‘बम्बे भेल्भेट’ या फेरि ‘संजु’ उनका हाल सम्मका फिल्मका चरित्रहरुमा विविधता र प्रयोग पाईन्छ । 

उनी हाल ‘बह्मास्त्र’, ‘शम्शेरा’ र प्यारका पंचनामा जस्ता फिल्मका निर्देशक लव रंजनको फिल्मको सुट्टिङ्गमा व्यस्त छन् । 

३. रणवीर सिंह 

अर्कोतर्फ, आउने वर्षहरुमा बलिउडका बादशाहका नामले चर्चित शाहरुख खानको विकल्पका रुपमा रणवीर सिंहलाई हेर्न थालिएको छ । 

रणवीर पनि बलिउडमा शाहरुख जस्तै निकै संघर्ष गरेर स्थापित भएका कलाकार हुन र उनमा शाहरुखको जस्तो जोश छ । 

शाहरुखले आफ्ना सुरुवाती दिनहरुमा थुप्रै फिल्महरुमा नकरात्मक भूमिका निर्वाह गरेका छन् र उनका नकरात्मक चरित्रहरु कै कारण ‘डर’ , ‘बाजिगर’ , ‘अंजाम’ जस्ता फिल्महरु हिट भएको मानिन्छ जस्को झल्को रणवीर सिंहको पछिल्लो रिलिज ‘पद्मावत’ ले समेत दिन्छ । 

यस फिल्ममा रणवीरले गज्जबको अभिनय गरेका छन् र यो फिल्म हिटसमेत भयो ।

रणवीर अहिले ‘गली ब्वाय’, ‘सिम्बा’ र करन जोहरले भर्खरै घोषणा गरेको फिल्म ‘तख्त’ मा व्यस्त छन् । उनको दीपिका पादुकोणसँग चाँडै नै विवाह समेत हुँदैछ । 

हिन्दी सिनेमाकी लेडि सुपरस्टार मानिने दीपिकालाई शाहरुखले नै आफ्नो फिल्म ‘ओम शान्ति ओम’ मार्फत बलिउडमा डेब्यू गराएका थिए । 

वरुण, रणवीर कपूर र रणवीर सिंह अहिले मूलधारका हिन्दी सिनेमाका जल्दाबल्दा अभिनेताहरु हुन । 

उनीहरुको फिल्मोग्राफी र दर्शक हरुबाट उनीहरुले पाइरहेको प्रतिक्रियाका कारण अहिले यि तीन कलाकारहरुलाई तीन खानको विकल्पका रुपमा हेर्न थालिएको हो । 
यद्यपि, शाहरुख, आमिर र सलमानको जस्तो मरीमेट्ने खालका फ्यान कमाउन यी तीन कलाकारले अझै धेरै यात्रा गर्नु पर्नेछ ।  

त्यसबाहेक अक्षय कुमार, अजय देवगन र ऋतिक रोशन बलिउडका प्रमाणित सुपरस्टार हुन । यीनिहरुका निकै मरीमेट्ने खालका फ्यानहरु छन् र अनुहारमात्रै फिल्मको पोस्टरमा राखिदिँदा फिल्मले सजिलै आफ्नो लगानी उठाउँछ । 

यद्यपि, टाईगर श्रफलाई कतिपयले  भविष्यमा ऋतिक रोशनको विकल्पको रुपमा दर्शाएपनि उनी ऋतिक जस्तो राम्रो अभिनय कला भएको कलाकार मानिंदैनन् ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया