माछा मार्न गएका लिम्बू खोलामा बेपत्ता

 भदौ १, २०७५ शुक्रबार १९:४६:३९ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – माछा मार्न खोलाान गएका पाँचथरको कुम्मायक गाउँपालिका–४ का देविप्रसाद लिम्बू बेपत्ता हुनुभएको छ । 

फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको बीचबाट बग्ने हेंवा र फेमे खोलामा माछा मार्न गएका लिम्बू दुई दिनयता बेपत्ता हुनुभएको हो । उहाँसँगै माछा मार्न गएका दुईजनाले लिम्बू बेपत्ता भएको परिवारलाई जानकारी गराएका थिए । 

बेपत्ता लिम्बूको खोजी गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको पाँचथर प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया