बाजुरामा पहिरोले घर पुर्दा एक जनाको ज्यान गयो

 भदौ २, २०७५ शनिबार ८:४५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

बाजुरा – बाजुराको बुढीगंगा नगरपालिका –१, तुडीमा पहिरोले घर पुर्दा कला करीको ज्यान गएको छ । 

शुक्रबार राति पहिरोले नन्दे करीको कच्ची घर पुर्दा उहाँकी श्रीमती कलाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । 

उहाँको शव निकालिएको छ । यस्तै बाजुराकै बुढीगंगा नगरपालिका २ मोसीमा चन्द्र राउतको घर पहिरोले भत्काउँदा उहाँकी आमा घाइते हुनुभएको छ ।  
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया