भवन नबनाउने ठेकेदार कागज गरेर छुटे

 जेठ १६, २०७५ बुधबार २०:३२:३९ | किरण लोहनी
unn.prixa.net

गोरखा, जेठ १६ – म्याद सकिएको दुई वर्ष हुँदा पनि स्वास्थ्य चौकी भवन निर्माण पूरा नगरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएका निर्माण ब्यवसायी नारायण श्रेष्ठलाई रिहा गरेको छ । 

गोरखाको भीमसेन थापा गाउँपालिका–७, बोर्लाङका वडाध्यक्षसमेत रहेका निर्माण व्यवसायी श्रेष्ठलाई हिजो प्रहरीले नियन्त्रणमा लिएको थियो । अलपत्र रहेको भवन निर्माणको काम तत्कालै शुरु गर्ने कागज गराएर उनलाई रिहा गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो । निर्माण व्यवसायीसँगै जनप्रतिनिधि पनि भएकाले कागज गराएर छोडिएको उहाँको भनाई छ । 

श्रेष्ठलाई निर्माण ब्यवसायी संघ गोरखाका पदाधिकारीको रोहबरमा छोडिएको भट्टराईले बताउनुभयो । २०७१ वैशाख २१ मा धुलिखेल निर्माण सेवाले ठेक्का पारेको बोर्लाङ स्वास्थ्य चौकीको भवन बनाउने कामको जिम्मा श्रेष्ठले लिनुभएको थियो । तर २०७३ असार ३ गते सम्झौता अवधि सकिँदासम्म भवन निर्माणको ७० प्रतिशत मात्रै काम भएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले जनाएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया