साइकलबाटै ७७ जिल्ला घुम्दै बानिया

 भदौ २, २०७५ शनिबार १४:४५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – साइकलमै देश दौडाहमा निस्केका साइकलयात्री ओमप्रकाश बानिया ६२ औं जिल्लाको रुपमा शनिबार बाँके प्रवेश गर्नुभएको छ ।

देशका ७७ वटै जिल्लामा साइकल यात्रा गर्ने उद्देश्यसहित यात्रामा निस्किएका सुनसरी चतराका २७ वर्षका बानिया बर्दियाको गुलरिया हुँदै बाँके प्रवेश गर्नुभएको हो । 

साइकलयात्री बानियालाई  नेपालगञ्ज साइक्लिङ्ग क्लबका सचिव गगन थापा र सदस्य सतिश निरौलाले बाँकेको खजुरा गाउँपालिकामा स्वागत गर्नुभयो ।

साइकलयात्री बानियाले नेपालगञ्जको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर, जुङ्गे महादेवको मूर्ति र नेपालगञ्ज शहरको परिक्रमा गर्नुका साथै छिमेकी मुलुक भारतको उत्तर प्रदेशको बहराइच जिल्लाको बाबागन्जसम्मको यात्रा गरेको नेपालगञ्ज साइक्लिङ्ग क्लबका सदस्य निरौलाले जानकारी दिनुभयो ।

साइकलयात्री बानिया ६३ औं जिल्ला प्रवेशका लागि आइतबार नेपालगन्जबाट दाङ्गका लागि प्रस्थान गर्नुहुनेछ । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया