नोबेल पुरस्कार विजेता संयुक्त राष्ट्रसंघका पूर्व–महासचिव अन्नानको निधन

 भदौ २, २०७५ शनिबार १५:४७:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

कोफी अन्नानको ८० वर्षको उमेरमा निधन भएको छ ।

मानव अधिकारको क्षेत्रमा उनको योगदानको सम्मान स्वरुप नोबेल पुरस्कार समेत दिइएको थियो । उनले सन् १९९७ देखि २००६ मा संयुक्त राष्ट्रसंघमा महासचिवको रुपमा काम गरेका थिए ।

उनले पछि सिरियामा भएको द्वन्द्व समाधान गर्न विशेष दूतको रुपमा काम गरेका थिए । अन्नान २००१ मा पहिलोपटक नेपाल आएका थिए ।

उनले तत्कालीन समयमा राजा वीरेन्द्र, प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भेट गरेका थिए । उनले नेपालको शान्ति प्रकृयाको लागि विशेष पहल गरेका थिए ।

 

घानामा जन्मेका अन्नान संयुक्त राष्ट्रसंघको कर्मचारीबाट महासचिवमा पुग्ने पहिलो व्यक्ति हुन् । उनका श्रीमती र तीन छोराछोरी रहेका छन् । उनको निधनमा कोफी अन्नान फउन्डेसनले विज्ञप्ति जारी गर्दै ‘ग्लोबल स्टेट्स्टम्यान’ गुमाएको जनाएको छ । 

अन्नानले एचआईभी एड्सको संक्रमण, इराक युद्ध तथा जलवायु परिवर्तनमा मुख्य भूमिका खेलेका थिए  । संयुक्त राष्ट्रसंघमा काम गर्ने उनी काला जातिका पहिलो व्यक्ति हुन् । उनी धनी परिवारमा हुर्केका व्यक्ति थिए । उनका हजुरबुबा राजनीतिक नेता थिए भने उनका बुबा प्रदेशको गर्भनर थिए । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया