सलाहले विश्वकप खेल्न आशा बढ्यो

 जेठ १७, २०७५ बिहिबार ६:४५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

उत्कृष्ट प्रदर्शनका कारण विश्व फुटबलका प्रिय स्ट्राइकर बनेका इजिप्टका मोहम्मद सलाहले विश्वकप फुटबल खेल्ने सम्भावना बढेको छ ।

च्याम्पियन्स लिगको फाइनलमा घाइते भएका सलाहले विश्वकप खेल्न नसक्ने खबर आइरहेका बेला इजिप्टको राष्ट्रिय फुटबल संघले सलाहले विश्वकप फुटबल खेल्न सक्ने विश्वास व्यक्त गरेको हो । इजिप्टको राष्ट्रिय फुटबल संघका अध्यक्ष र राष्ट्रिय टिमका डाक्टरले सलाहलाई स्पेनमा भेटेर आएपछि सलाह अबको ३ हप्तामा ठीक हुने बताएका हुन् ।

संघले भनेजस्तो भएमा सलाहले विश्वकपका केही खेल खेल्न सक्नेछन् । इजिप्टले विश्वकपको पहिलो खेल उरुग्वेसँग आगामी जुन १५ तारिखमा खेल्दैछ । त्यस्तै, इजिप्टले आफ्नो दोश्रो खेल आयोजक रुससँग मे १९ तारिखमा र साउदी अरेबीयासँग जुन २५ तारिखमा खेल्नेछ ।

सलाहकै प्रदर्शनमा इजिप्ट विश्वकपका लागि छनोट भएको हो । इजिप्ट २८ वर्षपछि पहिलोपटक विश्वकपमा छनोट भएको हो ।  सलाहले खेल्न नसक्ने खबर आएदेखि विश्वभरिका उनका प्रशंसक र इजिप्टका नागरिक दुखी भएका बेला उनी फिट हुने खबरले खुशीको सञ्चार गराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया