हिन्दु राष्ट्रको पक्षमा जनमत संग्रह आवश्यक छ : शशांक कोइराला

 भदौ २, २०७५ शनिबार २०:८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले हिन्दु राष्ट्रका विषयमा जनमत संग्रह गराइनुपर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दे कोइरालाले पार्टीहरुको हस्तक्षेप बिनाको जनमत संग्रहबाट आउने परिणाम सबैले स्वीकार्नुपर्नेमा जोड दिनुभएको हो ।

संघीयताको विकल्प नरहेको बताउँदै महामन्त्री कोइरालाले संघीयतालाई व्यवस्थित गर्ने कुरामा सबैपक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो । कर बढाएर नागरिकलाई दुःख दिने कुरा कांग्रेसलाई स्वीकार्य नरहेको उनको भनाई छ ।

केन्द्र र स्थानीय स्तरमा थप गरिएको कर अबिलम्ब हटाउनुपर्ने बताउँदै कोइरालाले मंहगी बढेको अवस्थामा थप कर बढाउँदा नागरिकलाई अप्ठेरो बनाउने उल्लेख गर्नुभयो । नेपाली कांग्रेसले जितेका स्थानीय तहहरुमा समेत कर बढाइएको सञ्चारकर्मीको जिज्ञासामा कोइरालाले कर बढाउन नहुने बिषय नेपाली कांग्रेसको बटम लाइन रहेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया