रोनाल्डोको डेब्यू, भेरोनामाथि युभेन्टसको रोमाञ्चक जित

 भदौ २, २०७५ शनिबार २३:५७:८ | एजेन्सी
unn.prixa.net

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले इटालियन क्लब फुटबल प्रतियोगिता सिरी ए को नयाँ सिजनमा डेब्यू गरेका छन् ।

डेब्यू खेलमा रोनाल्डोले गोल गर्न त सकेनन् तर उनको टिमले भने किएभो भेरोनासँग रोमाञ्चक जित हात पारेको छ । भेरोनाको घरेलु मैदानमा भएको खेलमा तेस्रो मिनेटमै युभेन्टसका लागि सामी खेदिराले गोल गरेका थिए। त्यसपछि खेलको ३८ औँ मिनेटमा भेरोनाका लागि स्टेपिन्स्कीले  बराबरी गोल गरे ।

५६औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै इम्मानुएल जियाचेरिनीले भेरोनाको अग्रता २–१ बनाए । तर खेलको ७५ औँ मिनेटमा भेरोनाका माटिया बानीको आत्मघाती गोलको सहयोगमा युभेन्टस खेलमा फर्कियो । 

खेलको अतिरिक्त समयमा फेडेरिको बर्नारदेस्चीले गोल गर्दै ३–२ ले युभेन्टसको जित सुनिश्चित गरे । योसँगै सिरी ए विजेता युभेन्टसले नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । 

युभेन्ट्सले यसै सिजन स्पेनिस क्लब रियल मड्रिडबाट रोनाल्डोलाई कीर्तिमानी ९८ मिलियन पाउन्डमा भित्र्याएको हो । रोनाल्डोकै कारण चर्चाको शिखरमा पुगेको सिरी ए फुटबलमा पनि रोनाल्डोले आफ्नो प्रभाव कायम राख्ने सक्नेछ ।

रोनाल्डोले सिरी एमा डेब्यू गर्दै गर्दा फुटबलका सर्वकालीन महान खेलाडी पेलेले रोनाल्डोलाई शुभकामना व्यक्त गरेका छन् । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया