उत्तर कोरीयाली उच्च अधिकारी २० वर्षपछि पुगे अमेरिका

 जेठ १७, २०७५ बिहिबार ९:१३:३० | एजेन्सी
unn.prixa.net

अमेरिकासँग हुने भनिएको वार्ताका बारेमा थप छलफल गर्न उत्तर कोरियाली उच्च अधिकारी अमेरिका पुगेका छन् । उत्तर कोरियाका उच्च पदस्थ कूटनीतिज्ञ जनरल किम योङ चोल अमेरिकी विदेश मन्त्री माइक पोम्पेओसँग छलफलमा रहेको बीबीसीले जनाएको छ  ।

चोल झण्डै २० वर्षमा अमेरिकाको भ्रमण गर्ने उत्तर कोरीयाको पहिलो उच्च अधिकारी हुनुहुन्छ । भ्रमणलाई उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुने भनिएको वार्ताको तयारीका रुपमा लिइएको छ । अमेरिका पुगेका यी उच्च अधिकारीलाई उत्तर कोरियाली नेता किमको दायाँ हातका रुपमा चिनिन्छ ।

ट्रम्प र किमबीच जुन १२ तारिखमा नै वार्ता हुने सम्भावना बढ्दै गएको विश्लेषण भइरहेका बेला उत्तर कोरीयाली उच्च अधिकारीले अमेरिका भ्रमण गरेका हुन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया