न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
तेह्रथुम – तेह्रथुमको म्याङलुङ नगरपालिकाले अंग्रेजी भाषामा दिइने सबै प्रकारका सिफारिसमा ५ सय रुपैयाँ शुल्क निर्धारण गरेको छ ।
यस्तै सम्बन्ध विच्छेद मुद्धा दर्ता ५ सय, नागरिकता प्रमाण पत्र सिफारिस १ सय, सर्जिमिन सिफारिस २ सय, प्रतिलिपिका लागि सिफारिस २ सय, अंगीकृत नागरिकता र वैवाहिक अंगीकृत नागरिकताका लागि १ हजार रुपैयाँ कर शुल्क निर्धारण गरेको छ ।
पशु र कृषि बीमा तथा स्वास्थ्य बीमा सिफारिसका लागि १ सय रुपैयाँ र आगलागी राहत माग निवेदनका लागि १ सय रुपैयाँ लिने निर्णय गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा आन्तरिक आम्दानी ६५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ ।
व्यवसायीहरुबाट कारोबार र बिक्री गर्ने सामानका आधारमा न्यूनतम वार्षिक ५ सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म कर तिर्नुपर्ने शुल्क निर्धारण गरेको छ ।
यस्तै घर बहाल करलाई पनि १२ प्रतिशत कायम राख्दै सबैलाई कार्यान्वयन गर्ने नीति लिएको छ । बजार क्षेत्रमा जथाभावी निर्माण सामाग्री राख्ने चलन बढेपछि नगरपालिकाले ढुंगा गिटी वालुवा स्टक कर लगाउने भएको छ ।
नगरपालिकाले प्रति ट्याक्टर ५० रुपैयाँ र प्रति ट्रक २ सय रुपैयाँ कर निर्धारण गरेको छ । यस्तै नगरपालिकाले सबै प्रकारका घटना दर्तामा एक सय रुपैयाँ जरिवाना तोकेको छ ।
उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ ।