दुई सय मिटर दौडमा नेपालका याम साजन सुनार ट्र्याकमै देखिएनन्

 भदौ १२, २०७५ मंगलबार ११:५३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

एथ्लेटिक्सको पुरुष दुई सय मिटर दौडमा नेपालका याम साजन सुनार अनुपस्थित रहे । आज बिहान भएको प्रतिस्पर्धाको चौथो हिटमा रहेका याम साजन सुनार खुट्टामा समस्या आएको कारण देखाँउदै ट्र्याकमा उपस्थित भएनन् । उनी आजै बिहान काठमाडौं फर्किसकेको बताइएको छ ।

याम साजनले यसअघि गएको आइतबार पुरुष सय मिटर दौडमा प्रतिस्पर्धा गरेका थिए । याम साजन अनुपस्थित भएपछि अब एथ्लेटिक्सतर्फ नेपालका विश्वरुपा बुढाले महिला ५ हजार मिटर दौड तथा सरस्वती भट्टराईको महिला १५ सय मिटर दौडमा खेल्न बाँकी छ । 
 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया