धनकुटाको साँगुरीगढीमा बस दुर्घटना, १७ जना घाइते

 भदौ १३, २०७५ बुधबार १२:४४:१४ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलबोटेमा बुधबार बिहान बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । 

सुनसरीको इनरुवाबाट धनकुटाको नमस्ते झरना अवलोकनको लागि ३५ जना सवार को. १ ख. ३५८३ नम्बरको बस ब्रेक फेल भएर साँगुरीगढी गाउँपालिका–६ स्थित कोलबोटेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङले बताउनुभयो । 

दुर्घटना १७ जना घाइते भएका छन् । ती मध्ये ३ जनाको अवस्था गम्भीर रहेकोे एसपी गुरुङले बताउनुभयो ।

दुर्घटनामा परेका सबै घाइतेको धरानमा रहेको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ । घाइतेहरुको नाम र ठेगाना खुल्न सकेको छैन । चालक फरार रहेको प्रहरीले बताएको छ ।
    
    
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया