ग्यारेजमा गाडी थन्काउने र सडकमा अवरोध गर्नेहरु धमाधम पक्राउ

 बैशाख २१, २०७५ शुक्रबार १४:४८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

काठमाडौं, वैशाख २१ – गृहमन्त्री रामबहाद्र थापा ‘बादल’को निर्देशनपछि सिण्डिकेटका पक्षमा रहेका यातायात व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा मेची बस व्यवसायी संघ, हिमाल यातायात व्यवसायी संघ, पूर्वी नेपाल व्यवसायी संघ लगायतका पदाधिकारी रहेका छन् ।

यातायातजस्तो अत्यावश्यक सेवामा विभिन्न कारण देखाई बन्द हड्ताल गर्दा सर्वसाधारण मर्कामा पर्ने हुनाले मन्त्रालयले यस्तो कदम चाल्नु परेको बताएको छ ।
यसै सिलसिलामा सवारी साधन सञ्चालनमा अवरोध गरेको भन्दै मकवानपुर प्रहरीले हेटौँडाबाट पनि ३ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा टेम्पो तथा मझौला यातायात व्यवसायी संघ हेटौँडाका अध्यक्ष ज्ञानेन्द्रबहादुर कार्की, सदस्यहरु कृष्णबहादुर न्यौपाने र कृष्णकुमार श्रेष्ठ रहेका छन्

यात्रुहरुलाई सेवा दिइरहेका भाडाका सवारी सन्चालनमा अवरोध गर्न खोजेको भन्दै उनीहरुलाई हेटौंडाबाट पक्राउ गरिएको हो । उनीहरुलाई हेटौँडाको सीमाचोकबाट नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी नायव उपरीक्षक दिलिपराज झाले बताउनु भयो ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेर कानूनी प्रक्रिया अघि बढाइएको झा को ले बताउनु भयो । सरकारले सिण्डिकेट खारेज गर्ने भन्दै यातायात व्यवसायी संस्थाहरुको नवीकरण नगर्ने निर्णय गरेपछि यातायात व्यवसायीहरुले शुक्रबार आफ्ना सवारी घर–ग्यारेजमा थन्काउने निर्णय गरेका थिए ।

निर्णयको अवज्ञा गर्दै सवारी चलाएको भन्दै उनीहरुले विभिन्न सवारीलाई अवरोध गर्ने काम गरिरहेका छन् । शुक्रबार हेटौंडा भएर पूर्व–पश्चिम जाने निजी कम्पनीका सवारी साधन भने प्रहरीले सुरक्षितका साथ गन्तव्यमा पठाएको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया