बबनपुरका गोठालाहरु (भिडियो)

 भदौ १६, २०७५ शनिबार २१:२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

बर्दियाको बबनपुर गाउँका धेरै कुरा अनौठा छन् । यहाँका सबै मानिस साकाहारी छन् । कसैका घरमा पनि हाँस, कुखुरा र बाख्रा पालिदैनन् । सबै मानिस गाईभैसी पाल्छन् । गोठाला जान्छन्, र दुध दही खान्छन् । यहाँका मानिस छिमेकी गाउँका मानिसलाई गोवर दिन्छन् र सट्टामा पराल लिन्छन् । अथवा ववनपुरका यादवहरु परालसित गोवर साट्छन् । एकातिर पाडो र अर्कोतिरबाट आफुले भैसीका थुनबाट आँ..... गर्दै दुध खाएको सम्झदा अहिले पनि ६० बर्षिय सुन्दर यादबको अनुहार चम्किन्छ । झन् बाघले गाईको बाच्छो खाँन लाग्दा बञ्चरो देखाएर बाघ तर्साएको र भगाएको कुरा गर्दा उनको स्वरमा रउस चढ्छ । यो पालिको हेर्ने कथामा हेर्नुहोस् उहिले ५५ वटा भैसी र १६ वटा गाईसित तीन तीन महिना बर्दियाको जंगलमा बिताएका र अहिले पनि गोठाले जीवनमा रमाईरहेका बवनपुरका सुन्दर यादव जस्ता गोठालाका अनौठा अनुभवहरुको भिडियो कथा । 

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया