गुल्मी जीप दुर्घटना अपडेट : एकजनाको मृत्यु, दुईजनाको अवस्था गम्भीर

 भदौ १७, २०७५ आइतबार ७:११:२६ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – सदरमुकाम तम्घासदेखि नेटा दर्लिङ्गतर्फ जाँदै गरेको लु १ ज १९५७ नम्बरको जीप शनिबार बेलुका दर्लिङ्गमा दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । ज्यान जानेमा दर्लिङ्ग २ निवासी ७५ वर्षीया मनकुमारी घर्ति रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

दुर्घटनामा घाइते भएपछि उपचारका लागि वामी टक्सारतर्फ लैजाने क्रममा बाटोमै  उनको मृत्यु भएको हो । दुर्घटनामा अन्य १३ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय वामी टक्सारमा सामान्य उपचारपछि राति नै थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा लागिएको छ ।

घाइते मध्ये २  जनाको अवस्था गम्भीर रहेको बताइएको छ । गुल्मीको तम्घासदेखि १४ जना यात्रु बोकेर नेटा दर्लिङ्गतर्फ जाँदै गर्दा ओरालो बाटोमा चिप्लिएर जीप दुर्घटनामा परेको थियो । दुर्घटनामा चालकसमेत घाइते भएका छन् ।  दुर्घटना भएको ठाउँ सदरमुकाम तम्घासदेखि ४५ किलोमिटर उत्तर–पश्चिममा पर्छ । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया