गैरकानुनी कामदार दुई महिनाभित्र देश नफर्किए मलेसियाले कारवाही गर्ने

 जेठ १९, २०७५ शनिबार १५:५७:१० | मोहन पौडेल
unn.prixa.net

जेठ १९–मलेसियाले आफ्नो देशमा गैरकानुनी रुपमा बसिरहेका विदेशी कामदारलाई दुई महिनाभित्र देश फर्किन आग्रह गरेको । 

उसले आउँदो अगष्ट ३० भित्र देश फर्किन भन्दै मलेसियाले दिइएको समयमा नफर्किने कामदार र उसले काम गर्ने कम्पनीलाई पनि कारवाही गर्ने मलेसियाले जनाएको छ । अवैधानिक रुपमा बसिरहेका कामदारलाई दुई पटक जरिवाना तिरेर स्वदेश फर्किने अवसर दिएको मलेसिया अब भने कारवाही गर्ने चेतावनी दिएको हो । 

गैरकानुनी कामदारलाई अघिल्लो वर्ष अक्टोबर १० देखि डिसेम्बर ३१ सम्मका लागि समय दिएको मलेसिया यो वर्ष जनवरीदेखि जुन ३० सम्मको समय दिएको थियो । मलेसिया कति नेपाली यसरी अवैधानिक रुपमा काम गरिरहेका छन भन्ने यकिन तथ्याङ्क छैन ।

तर ५ लाख नेपाली मात्रै वैधानिक रहेकाले धेरै नेपाली अवैधानिक रुपमा काम गरिरहेको हुन सक्ने मलेसियामा रहेको नेपाली दूतावासले बताएको छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

मोहन पौडेल

मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।    

तपाईको प्रतिक्रिया