आलिया भट्टलाई १ सय ७५ पटक बदल्नुपर्‍याे विवाहको साडी

 बैशाख २१, २०७५ शुक्रबार १७:५६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

वैशाख २१ – बलिउड अभिनेत्री आलिया भट्टको फिल्म ‘राजी’ को ट्रेलर सार्वजनिक भएसँगै उनको चर्चा चुलिएको छ । 

फिल्ममा आलिया एक भारतीय छोरी तथा पाकिस्तानी सैनिककी श्रीमती हुँदै एक जासूसीको भूमिकामा देखिएकी छिन । ट्रेलरसँगै यस फिल्मको गीत पनि सार्वजनिक भएको छ । ‘दिलबरो’ बोलको यो गीत दर्शक तथा स्रोताले मन पराएका छन् । 

एक पिताले छोरीको विवाह गर्दै बिदाई गर्दाको भावना यस गीतले बोकेको छ । यसै गीतमा आलिया लगाएको कपडा १ सय ७५ पटक लगाउनु परेको आलिया स्वयमले बताएकी छिन् ।  साथै बिदाइको यो गीतको छायाँकंनका क्रममा धेरै रमाइलो भएको पनि उनले बताएकी छिन् । 

यस गीतमा भारतको कश्मीरदेखि पाकिस्तानसम्मको यात्रालाई यस गीतमा देखाइएको छ । यस गीतलाई छायाँकंन गर्न कैयौं दिन लागेको कुरा यस फिल्मको प्रोडक्सन समूहका एक जनाले बताएका छन । उनले यस गीत छायाँकंन गर्न पटियाला, कश्मीरलगायतका भारतदेखि पाकिस्तानसम्मका धेरै स्थानमा जानुपरेकाले बिदाईको लुगा कैयौं पटक लगाउनु परेको बताएका छन् । 

दिलबरो बोलको यस गीतमा एक भारतीय पिताले आफ्नी छोरीलाई देशको सुरक्षाका लागि भनेर पाकिस्तान विवाह गरेर बिदाई गरेका छन । गीतमा विवाह गरेर बिदाई गरिएकी आलिया आफ्नो देशको सुरक्षाको मिसनका लागि पाकिस्तान गइरहेकी हुन्छिन् । 

यस फिल्मको निर्देशन मेघना गुल्जारले गरिरहेकी छिन् । आलियाको पतिको भूमिका विक्की कौशलले निर्वाह गरेका छन् । फिल्म राजी २०१८ मे ११ मा प्रदर्शन हुनेछ ।

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया