बर्दियाको माछागढमा बसको ठक्करबाट २ जनाको ज्यान गयो

 भदौ २६, २०७५ मंगलबार १९:१३:५६ | भावुक योगी

बर्दिया – पूर्व पश्चिम राजमार्गमा पर्ने बर्दिया बाँसगढी नगरपालिकाको माछागढमा मंगलबार बेलुका बसले साइकललाई ठक्कर दिँदा २ जनाको घटनास्थलमै ज्यान गएको छ । 

राजमार्गको माछागढमा पश्चिमबाट पूर्वतर्फ गइरहेको से १ ख १४२६ नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिँदा साइकलमा सवार २ जनाको ज्यान गएको हो ।

बसको ठक्करबाट बाँसगढी नगरपालिका –९, माछागढका १६ वर्षीय बिक्रम बिक र ९ वर्षीय तृष्णा बिकको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी दलबहादुर बोगटीले जानकारी दिनुभयो ।

बस र चालकलाई बाँसगढी प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १८, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया