रसुवामा पहिरोमा पुरिएर दुईजनाको मृत्यु, ९ जना घाइते

 भदौ ३१, २०७५ आइतबार ७:४८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – रसुवामा गएको पहिरोमा दुईजना कामदारको ज्यान गएको छ । पहिरोमा परी नौजना घाइते भएका छन् । 

गोसाइकुण्ड गाउँपालिका १ मा निर्माणाधीन रसुवागढी हाइड्रोपावरको क्याम्प रहेको ठाउँमा पहिरो जाँदा आयोजनामा काम गर्ने हेटौँडाका २२ वर्षिय रमेश कुप्रोला र रुकुमका ५० वर्षीय भिम रोक्काको ज्यान गएको प्रहरीले जनाएको छ । 

घाइते हुनेमा एक जना चिनियाँ नागरिक पनि रहेका प्रहरीले जनाएको छ । घाइते ९ मध्ये ४ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ भने ५ जनाको हाइड्रोपावर भित्रै रहेको प्राथमिक उपचार केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया