आइतबारका लागि विदेशी मुद्राको सटही दर

 भदौ ३१, २०७५ आइतबार १०:३२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ५७ पैसा र बिक्रिदर ३० रुपैयाँ ७३ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४९ र बिक्रिदर ३१ रुपैयाँ ६६ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६६ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७१ पैसा र बिक्रिदर २७ रुपैयाँ ८५ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २५ र बिक्रिदर १० रुपैयाँ ३१ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ७८ रुपैयाँ ७९ पैसा छ भने बिक्रिदर ३ सय ८० रुपैयाँ ७७ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय ४ रुपैयाँ १४ पैसा र बिक्रिदर ३ सय ५ रुपैयाँ ७३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया