इन्छन व्यवसायी महासंघ दक्षिण कोरियाले तीन वटा विद्यालयलाई सहयोग गर्ने

 भदौ ३१, २०७५ आइतबार १७:१२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – इन्छन व्यवसायी महासंघ दक्षिण कोरियामा आवद्ध प्रमुख कार्यकारी अधिकृतहरुको पर्वतारोण समुहले नेपालका तीन वटा विद्यालयलाई आर्थिक सहयोग गर्ने भएका छन् । 

काठमाडौंमा रहेको बाल मन्दिर तथा सोलुखुम्बुका पेमा छोलिङ आधारभूत विद्यालय र युवा वर्ष आधारभूत विद्यालयलाई उनीहरुले झण्डै तीन लाख रुपैयाँ (तीस लाख वन) सहयोग गर्ने भएका हुन् । 

असोज २० र २१ गते सोलुखुम्बुको दुई वटा विद्यालयमा पुगेर उनीहरुले अवलोकन गर्नेछन् । त्यस्तै असोज १५ गते काठमाडौंको बाल मन्दिरमा पुगेर आर्थिक सहयोग गर्ने कार्यक्रम छ । 

पर्वतारोण समुहको १० औं स्थापना दिवसको अवसर पारेर ‘नेपाल एभरेष्ट मायाको ट्रेकिङ’ नाम दिइएको कार्यक्रमका अवसरमा विद्यालयलाई आर्थिक सहयोग गर्न लागिएको हो । टोलीले सगरमाथा बेस क्याम्पसम्म पदयात्रा समेत गर्नेछ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया