विदेशी मुद्राको भाउ बढ्यो

 असोज २, २०७५ मंगलबार १०:३५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सोमबारको तुलनामा मंगलबार विदेशी मुद्राको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ८६ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०२ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७८ र बिक्रिदर ३१ रुपैयाँ ९५ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ५१ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६७ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९६ पैसा र बिक्रिदर २८ रुपैयाँ ११ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २८ र बिक्रिदर १० रुपैयाँ ३३ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८१ रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर ३ सय ८३ रुपैयाँ ९७ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय ०६ रुपैयाँ ९२ पैसा र बिक्रिदर ३ सय ०८ रुपैयाँ ५१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया