बाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही ठाउँमा दिउँसोपछि ह...
बैशाख ८, २०८१ शनिबार
हामी चन्द्रमामा जाने सपना देख्छौँ । विज्ञान र प्रविधिको युगमा मानिस चन्द्रमामा पनि घुम्न जाने भैसकेका छन् । एलन मस्कको एयरोस्पेस कम्पनी स्पेसएक्सले चन्द्रमा भ्रमणमा जाने पहिलो यात्रीको नाम घोषणा गरिसकेको छ ।
चन्द्रमा भ्रमणमा ४२ वर्षीय जापानी अर्बपती युसाकु मायेजावा संसारको पहिलो ‘प्राइभेट प्यासेन्जर’ को रुपमा जाने भएका छन् । स्पेसएक्सका अनुसार यो मिसन सन् २०२३ को लागि निश्चित भएको छ । सन् १९७२ पछि चन्द्रमाको यात्रामा जाने उनी पहिलो यात्री हुन् । स्पेसएक्सले यसबारे मंगलबार क्यालिफोर्नियामा रहेको मुख्यालयमा जानकारी गराएको हो ।
— Elon Musk (@elonmusk) September 18, 2018
तर पनि यो भ्रमण निश्चित छैन । भ्रमण रकेटमा निर्भरमा हुन्छ । जुन अहिलेसम्म बनिसकेको छैन । एलन मस्कले भने यो भ्रमण निश्चित हुने दावी गरेका छन् ।
स्पेसएक्सले सन् २०१६ मा बिग फ्याल्कन रकेट निर्माण गरेको थियो । यो रकेटबाट आम मानिसहरुका लागि चन्द्रमा भ्रमणको यात्रालाई सहयोग गर्ने अपेक्षा गरिएको थियो ।
युसाकु जापानका व्यापारी हुन् । न्यूयोर्कमा आर्टिस्ट जीन मिशेल वास्केटको पेन्टिङलाई उनले ११०.५ मिलियन डलरमा किनेका थिए । त्यसपछि उनी निकै चर्चामा आएका थिए ।
— SpaceX (@SpaceX) September 18, 2018
यो यात्रामा मायेजावासँगै संसारका ६ जना आर्टिस्ट पनि सँगै जानेछन् । पृथ्वीमा फर्किएपछि आफ्नो अनुभवलाई चित्रमा परिवर्तन गर्नका लागि उनले ती आर्टिस्टलाई पनि सँगै लैजाने निर्णय गरेको बताएका छन् ।
विश्वबाट अहिलेसम्म २४ व्यक्तिले चन्द्रमामा पाइला टेकिसकेका छन् । ती सबै अमेरिकी हुन् । सन् १९७२ मा अमेरिकी स्पेस एजेन्सी नासाले अन्तिम पटक चन्द्रमामा मानिसलाई लगेको थियो ।
युकासु मायेजावाले चन्द्रमामा पाइलामात्र टेक्नेछैनन् । उनले चन्द्रमामा यात्रा पनि गर्नेछन् । उनी बिग फ्याल्कन रकेटमार्फत अन्तरिक्षमा जानेछन् र फेरि पृथ्वीमा फर्केर आउनेछन् ।
गएको सोमबार मस्कले भीएफआरको नयाँ डिजाइनको एउटा तस्बिर ट्वीट गरेका थिए । जुन पछिल्लो स्पेसक्राफ्ट रकेटभन्दा भिन्नै छ ।
— Elon Musk (@elonmusk) September 17, 2018
एलन मस्क सिलिकन भ्यालीका चर्चित व्यापारी हुन् । उनी इलेक्ट्रिक कार बनाउने कम्पनी टेस्लाका संस्थापक पनि हुन् । उनले सन् २००२ मा एरोस्पेसको कम्पनी स्पेक्सएक्स सुरु गरेर सन् २०१७ मा कम्पनीले डिजाइन गरेको रकेट अन्तरिक्षमा पठाउन सफल भएका थिए ।
बीबीसी हिन्दीबाट