एनसेलको ‘रिचार्ज एण्ड विन’ अफर : १० भाग्यशालीले पाए एक लाख

 असोज ५, २०७५ शुक्रबार ९:३३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौ –  एनसेल प्राइभेट लिमिटेडले चाडपर्वको अवसरमा ल्याएको आकर्षक ‘रिचार्ज एण्ड विन’अफर अन्तर्गत दोस्रो हप्ताका विजेताहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । 
 
‘रिचार्ज एण्ड विन’ १० हप्तासम्ममा संचालनमा रहने अफर हो । दोस्रो हप्ताका विजेताहरु मंगलबार (असोज २ गते) एपीवान टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको लाइभ ड्र कार्यक्रममार्फत छानिएका हुन् ।

दोस्रो हप्ताका १० भाग्यशाली विजेता ग्राहकहरु मध्ये दुई जनाले असोज ४ गते (विहिबार) जनही नगद रु एक लाख पुरस्कार ग्रहण गरेका छन् । दोस्रो हप्ताका अन्य आठ विजेताहरुको पहिचान तथा प्रमाणित गर्ने काम भैरहेको छ र यो प्रक्रिया समापन भएपछि काठमाडौंलगायत उपत्यका बाहिर रहेका एनसेल सेन्टरहरुबाट विजयीहरुलाई नगद पुरस्कार प्रदान गरिनेछ ।  

एनसेलका चिफ स्ट्राटिजी अफिसर इरविनएम. युसुफले दोस्रो हप्ताका दुई विजयी नुवाकोटका कृष्णाकुमारी थापा र तनहुँका अर्जुन परियारलाई विहीबार जनही रु एक लाख नगद पुरस्कार प्रदान गर्नुभएको हो ।

युसुफले पहिलो हप्ताका अन्य तीनजना भाग्यशाली विजयी ग्राहकहरुलाई पनि नगद पुरस्कार प्रदान गर्नुभएको छ । धादिङका रामहरी अर्याल, चितवनका राजकुमार गुरुङ र कुशल गुरुङले पहिलो हप्ता अन्तर्गत जनही रु एक लाख जितेका थिए । 

‘रिचार्ज एण्ड विन’ अफर भाद्र १७ गतेबाट संचालनमा रहेको छ । यस योजनामा हप्ताहभर रु १०० वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्दछन् । यो योजना अन्तर्गत प्रत्येक हप्ता १० जना विजयी ग्राहकले जनही एक लाख नगद पुरस्कार पाउँछन् । नगद पुरस्कारमा लाग्ने कर कम्पनीले नै व्यहोर्नेछ ।  
  
यो योजना साप्ताहिक चक्रमा संचालन भैरहेको छ, जसको सुरुवात आइतबार हुन्छ भने समापन शनिबार हुन्छ । ग्राहकले आइतबारदेखि शनिबारसम्मको अवधिमा गरेको प्रत्येक रु १०० बराबरको रिचार्जका आधारमा एसएमएसमार्फत एउटा कोड प्राप्त गर्छन् । 

प्रत्येक हप्ताको १० भाग्यशाली ग्राहकहरुको छनाेट मंगलबार प्रत्यक्ष प्रशारण हुने लाइभ ड्र कार्यक्रममार्फत गरिन्छ । चर्चित व्यक्तित्वहरुको उपस्थितिमा हुने यो कार्यक्रम मंगलबार साँझ ७ः०० बजे एपीवान टेलिभिजनमा प्रत्यक्ष प्रसारण हन्छ ।
 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया