सार्वजनिक सवारी चालकहरुकाे आन्दोलन फिर्ता, अाजैबाट चल्न थाले गाडी

 असोज ५, २०७५ शुक्रबार १६:०:२९ | मदन पौड्याल

काठमाडाैं - भदौ १ गतेदेखि लागू भएको नयाँ ऐन संशोधनको माग गर्दै आन्दोलनमा उत्रिएका गाडी चालकले आन्दोलन फिर्ता लिएका छन् ।

सरकार र नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिबीच ८ बुँदे सहमति भएपछि चालकहरुले आजैदेखि गाडी चलाउन थालेका हुन् । दुर्घटनामा मानवीय क्षति भए चालकलाई कडा कारबाही हुने व्यवस्था भएको भन्दै त्यो व्यवस्था संशोधनको माग राखी चालकहरु आन्दोलनमा उत्रिएका थिए ।

कानुन संशोधनका लागि पहल गर्ने, गाडी दुर्घटना भएमा चालकको लापरवाही रहे नरहेको छानबिन गर्न समिति गठन गर्ने लगायतका सहमति भएको हो । सहमति पछि सरकारले आन्दोलनका क्रममा पक्राउ परेका सबै चालकलाई रिहा गरेको छ ।

चालकहरुले पनि गाडी चलाउन थालेका छन् । यसअघि चालकहरुले गाडी नचलाउँदा लामो दूरीका यात्रुलाई समस्या परेको थियो । 

यस्ताे छ सहमति

अन्तिम अपडेट: बैशाख ३, २०८१

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

1 Comments

  • दिवाकर बिष्ट

    Sept. 21, 2018, 5:23 p.m.

    हो कि होईन, पत्याउनै गाह्रो छ। हिजो पनि सम्झौता भयो भन्थे तर आज चलेनन् गाडि । अनि उज्यालो बाहेक अन्य न्युजमा आएकोछैन खुल्यो भनेर !

  •  0 Reply

तपाईको प्रतिक्रिया