राजु शाक्यपछि चर्चित स्ट्राइकर विमल घर्तीमगर च्यासल युथ क्लब जाने सम्भावना

 असोज ६, २०७५ शनिबार १५:५२:४३ | उज्यालो सहकर्मी

काठमाडाैं - राष्ट्रिय टिमका खेलाडीहरु क्लबमा आवद्ध भइसकेको अवस्थामा मुख्य स्ट्राइकर विमल घर्तीमगरको भने अझसम्म टुंगो लागेको छैन ।

नेपालमा उपलब्ध १८ खेलाडीमध्ये मनाङ मर्स्याङदीबाट पाँच जना राष्ट्रिय खेलाडीले खेल्नेछन् भने थ्रीस्टार र त्रिभुवन आर्मी क्लबबाट ४–४ जना खेलाडीले खेल्नेछन् ।

यस्तै च्यासलबाट दुई तथा नेपाल पुलिस क्लब र एपीएफबाट एक एक जना राष्ट्रिय खेलाडी खेल्नेछन् ।

च्यासल युथ क्लबले विमल घर्तिमगरलाई अनुबन्धको प्रयास गरेको छ । स्रोतका अनुसार विमलको सम्झौता अन्तिम चरणमा पुगेको छ । विमलले भने च्यासल सहित अन्य केही क्लबमा पनि कुरा भइरहेको बताउनुभयाे । 

यसअघि च्यासल युथ क्लबले नेपाली राष्ट्रिय टाेलीका प्रशिक्षक राजुकाजी शाक्यलार्इ प्रशिक्षकका रुपमा भित्र्याइसकेकाे छ ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया