देशभर सामान्य रुपमा गाडी चल्दै

 असोज ७, २०७५ आइतबार ८:३०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – आज लामो तथा छोटो दूरीको गाडी सामान्य रुपमा चलिरहेका छन् । काठमाडौंबाट छुट्ने र भित्रने  गाडी सामान्य रुपमा चलिरहेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्व पश्चिम छुट्ने लामो दूरीका गाडी छुटिरहेका छन् ।

बन्दको हल्ला चले पनि सुरक्षाको प्रबन्ध गरिएको बताएको छ । बन्दको हल्लाका कारण धेरै निजी विद्यालय भने खुलेका छैनन् । सुरक्षा नभएको भन्दै विद्यालय बन्द गर्नुपरेको विद्यालय सञ्चालकहरुले बताएका छन् । 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेकाले विद्यालय खोल्न नसकिएको प्याब्सन र एनप्याब्सनको भनाई छ । 


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया