एएफसी यु –१६ महिला फुटबलमा नेपालले आज मलेसियासँग खेल्ने

 असोज ७, २०७५ आइतबार ८:५४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

एएफसी यु –१६ महिला फुटबलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । विजेता बन्दै अर्को चरणमा छनोट हुने दुवै टिमको सम्भावना सकिएकाले आइतबारको खेलमा जित हात पार्दै दुवै टिम सान्त्वना जितको खोजिमा हुनेछन् ।

नेपाल पहिलो खेलमा फिलिपिन्ससँग ४–० ले पराजित भएको थियो भने दोस्रो खेलमा म्यानमारसँग ११–१ गोल अन्तरले स्तब्ध भएको थियो । मलेसिया पनि पहिलो खेलमा म्यानमारसँग ३–० र फिलिपिन्ससँग १–० ले पराजित हुँदै छनोटको होडबाट बाहिरिसकेको छ ।

नेपाल र मलेसियाबीचको खेल हलचोक मैदानमा अपरान्ह साढे ३ बजे हुने छ । त्यसघि यही मैदानमा साढे ११ बजे फिलिपिन्स र म्यानमार भिड्ने छन् । जारी प्रतियोगितामा दुवै टिमले लगातार जित हात पारेकाले आजको विजेताले अर्को वर्ष थाईल्याण्डमा हुने यु १६ च्याम्पिनयसिपमा स्थान बनाउने छ ।  बराबरी हुँदा गोल अन्तरका आधारमा म्यानमारलाई फाइदा पुग्ने छ । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया