ला लिगा लिग फुटबलको अंक तालिकामा रियल मड्रिड शीर्ष स्थानमा

 असोज ७, २०७५ आइतबार ९:१:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगा लिग फुटबलको अंक तालिकामा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ ।

यसअघि शीर्ष स्थानमा रहेको बार्सिलोनालाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ । रियललृ अहिलेसम्म ५ खेलबाट १३ अंक जोडेको छ भने ४ खेलमा अपराजित यात्रा कायम राखेको बार्सिलोना १२ अंकका साथ दोस्रो स्थानमा छ ।

बर्सिलोना र जिरोनाबीचको खेल आज हुँदैछ । आजको खेलको नतिजा बार्सिलोनाको पक्षमा गए फेरि शीर्ष स्थानमा उक्लने छ ।

शनिबार राति भएको खेलमा रियलले स्पानियोलमाथि १–० को जित दर्ता गरेको थियो । रियलको जितमा मार्को एसेन्सियोले एक मात्र निर्णायक गोल गरेका थिए ।

 रियलको घरेलु मैदानमा भएको खेलको ४१औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलले पछि परेको स्पानियोलले दोस्रो हाफमा गोल फर्काउन नसक्दा रियलसँग पराजित हुुन बाध्य भयो ।

शनिबार राति पराजित भएको स्पानियोलले ५ खेलबाट ७ अंक बटुल्दै तालिकाको छैटौ स्थानमा छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया