प्रधानमन्त्री ओली युएई हुँदै अमेरिका प्रस्थान

 असोज ७, २०७५ आइतबार १०:१९:३३ | उमाकान्त पाण्डे
unn.prixa.net

युएई – प्रधानमन्त्री केपी शर्मा ओली युएई हुँदै अमेरिका प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको महासभाको ७३ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आइतबार बिहान युएई हुँदै न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीलाई आइतबार बिहान नेपाली दूतावास युएईका कुटनीतिज्ञहरुको टोलीले आबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो । प्रधानमन्त्री ओलीको भ्रमण दलमा श्रीमती राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी हुनुहुन्छ । 

प्रधानमन्त्री ओलीले असोज ११ गते बिहीबार संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसअघि असोज ८ गते सोमबार ‘नेल्सन मन्डेला शान्ति शिखर बैठक’मा सम्बोधन गर्ने तालिका छ ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया