आयल निगमले कोटा प्रणाली हटायो, तेलको आपूर्ति सहज हुँदै

 असोज ७, २०७५ आइतबार १२:८:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल आयल निगमले अब पेट्रोलियम पदार्थको कारोबार सहज हुने जनाएको छ । आइतबारदेखि उपभोक्तालाई मागे जति तेल दिन पेट्रोल पम्पहरुलाई परिपत्र गरेको निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार तेलको आयात बढेकाले अब समस्या हुने छैन । यस्तै निगमले आइतबारदेखि कोटा प्रणाली पनि हटाएको छ । ट्याङकर चालकले ढुवानीमा असहयोग गर्दा आपूर्ति प्रभावित भएपछि निगमले शुक्रबारदेखि कोटा प्रणाली लागू गरेको थियो । 

निगमले हरेक दिन आपूर्ति बढिरहेकाले अब पेट्रोलियम पदार्थको अभाव नहुने जनाएको छ । 


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया