प्लिस्कोभाले जितिन् पान प्यासिफिक ओपन टेनिसको उपाधि

 असोज ७, २०७५ आइतबार १३:४:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

जापानमा सम्पन्न पान प्यासिफिक टेनिसको उपाधि चौथो वरियताकी क्यारेलियन प्लिस्कोभाले जितेकी छिन् ।

तेस्रो वरियताकी घरेलु खेलाडी नाओमी ओशाकालाई २–० को सोझो सेटमा हराउँदै चेक गणतन्त्रकी प्लिस्कोभाले उपाधि जितेकी हुन् । टोकियोमा भएको फाइनलमा घरेलु खेलाडी ओशाकालाई हराउँदै प्लिस्कोभाले करियरको ११औं तथा यो वर्षको दोस्रो उपाधि उचालेकी हुन् ।

प्लिस्कोभाले ६–४ र ६–४ को सोझो सेटमा हराउँदै ओशाकाको १० खेलको अपराजित यात्रामा पूर्ण विराम लगाउन सफल भइन् ।

यसै वर्ष उनले जर्मनीमा भएको स्टुटगार्ट ओपनको उपाधि पनि जितेकी थिइन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया