घाँटी रेटिएको अवस्थामा घर आए एक युवक

 असोज ७, २०७५ आइतबार १३:३२:४६ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – धनुषामा एक युवक घाँटी रेटिएको अवस्थामा फेला परेका छन ।

धनुषाधाम नगरपालिका वडा नम्बर १ का ३० वर्षका  शिवकुमार सादा आधाभन्दा बढी घाँटी रेटिएको अवस्थामा जिउँदै फेला परेको उहाँकाे परिवारले जनाएकाे छ ।

राति झण्डै ३ बजेतिर शिवकुमार रेटिएको घाँटी समातेर घर आएपछि  घटनाबारे थाहा भएको उहाँका बाबु गरहवा सादाले बताउनुभयो । बोल्न सक्ने अवस्थामा समेत नभएका शिवकुमारलाई उपचारको लागि बिहान जनकपुर अञ्चल अस्पताल ल्याइएको थियो ।

तर यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि विमानबाट काठमाडौं लगिएको छ । शिवकुमारको आधाभन्दा बढी घाँटी रेटिएकाले यहाँ उपचार सम्भव नभएको जनकपुर अञ्चल अस्पतालका एक चिकित्सकले बताएका छन् ।

घटना कसले र किन गराएको भन्ने केही खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया