पोखरामा बस दुर्घटना : आठजना घाइते

 असोज ७, २०७५ आइतबार १४:२०:२६ | हिमनिधि लौडारी
unn.prixa.net

कास्की – पोखरामा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

काहुडाँडाबाट पोखरातर्फ छुटेको ग १ ख ६०९८ नम्बरको बस आइतबार बिहान पोखरा ११ काहुडाँडामा अनियन्त्रित भइ पल्टिँदा आठजना घाइते भएका हुन् । 

घाइतेहरुको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

हिमनिधि लौडारी

पोखराका उज्यालो सहकर्मी हिमनिधि लौडारी रेडियो तरंगमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया