लक्ष्मणलाल कर्ण र निरादेवी जैरुद्वारा पद तथा गोपनीयताको सपथ

 असोज ७, २०७५ आइतबार १७:२८:५६ | उज्यालो सहकर्मी

काठमाडाैं - संसदीय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्ण र राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापति निरादेवी जैरुले पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

सभामुख कृष्णबहादुर महराले संसदीय सुनुवाई विशेष समितिका सभापति कर्ण र राज्यको निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिकी सभापति जैरुलाई आइतबार अपरान्ह सिंहदरबारमा पद तथा गोपनीयताको सपथ खुवाउनु भएको हो ।

यस अघि बसेको समितिको छुट्टाछुट्टै बैठकले कर्ण र जैरुलाई सभापतिमा निर्विरोध चयन गरेको थियो ।

नवनिर्वाचित सभापतिद्धय कर्ण र जैरुलाई सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सफल कार्यकालको शुभकामना पनि व्यक्त गर्नु भयो । 

संसदीय सुनुवाई विशेष समितिका नवनिर्वाचित सभापति कर्ण राष्ट्रिय जनता पार्टी, नेपालका सांसद हुनुहुन्छ भने राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको नवनिर्वाचित सभापति जैरु सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद हुनुहुन्छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया